राजदूत घिमिरेले सम्हाले कार्यभार

काठमाण्डु- बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले कार्यभार सम्हालेका छन् । राजदूत घिमिरेले शुक्रबार कार्यभार सम्हालेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । उनी लन्डन मिसनमा २३ औं राजदूत हुन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेको करिब तीन सातामा घिमिरे बेलायत पुगेका हुन् । नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो राष्ट्र बेलायतका लागि राजदूतका रूपमा…