माघभित्र वडा तहमा सदस्यता नवीकरण गरिसक्न कांग्रेसको निर्देशन

काठमाण्डु – नेपाली कांग्रेसले माघ महिनाभित्र वडा तहमा क्रियाशील सदस्यता नवीकरण गरिसक्न निर्देशन दिएको छ । महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा, प्रदेशसभा क्षेत्र, क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय तोकेर परिपत्र गरेको छ । निर्देशनअनुसार माथिल्लो तहका कार्यसमितिले पठाएको सदस्यता नामावलीलाई वडा तहमा नवीकरण गरेर शुल्कसहित माथिल्लो कार्यसमितिमा पठाइनेछ…