काठमाण्डु - नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले मर्मत सम्भारलगायतका कामका लागि विद्युुत् कटौती गर्न लागेको हो । प्राधिकरणले पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गत पर्ने शंखमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुने एक सूचनामार्फत…