गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

सुर्खेत – मोटरसाइकल दुर्घटनामा परी सुर्खेतमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षीय महेश पौडेल रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ साढे ६ बजेतिर दैलेख चोकबाट आउँदै गर्दा कालिनचोकमा भे५प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले…