जेनेभा – स्वीट्जरल्याण्डको जेनेभा जारी अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४९औं महासभालाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार सम्बोधन गर्ने भएका छन् । महासभालाई नेपाली समयअनुसार सोमबार साँझ ७ बजेपछि राष्ट्रियसभा अध्यक्ष दाहालले सम्बोधन गर्ने तालिका रहेको छ । महासभामा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दीगो भविष्यका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने…