काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग बिमस्टेकका महासचिव ईन्द्रमणि पाण्डेले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री भण्डारीले बिमस्टेक क्षेत्रलाई दीगो विकास, आर्थिक एकीकरण र साझा समृद्धिको फलदायी क्षेत्रमा रूपान्तरण गर्न बिमस्टेक बडापत्रमा समाविष्ट उच्च आदर्श र उद्देश्यप्रतिको नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे । सन् २००४ मा बिमस्टेकको सदस्य भएदेखि नै…