एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पहिलो दिन नेपाली महिला र पुरुष टिम पराजित

काठमाण्डु-एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो । यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो । एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको हो ।…