गण्डकी - गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । अघिल्लो हप्ता परेको वर्षाले उपत्यका लगायत देशैभरका विभिन्न स्थानमा बाढी, पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि…