काठमाण्डु–चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई सन्देश पठाउँदै उनले नेपालमा भारी वर्षाका कारण बाढी र पहिरोको भएको ठूलो मानवीय र सम्पत्तिको क्षतिले आफू स्तब्ध भएको बताए । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले बाढीपहिरोमा पनि…