गैँडाकोटमा भेटिएका दुईमध्ये एक शवको परिचय खुल्यो

काठमाण्डु - पूर्वीनवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा भेटिएको दुईमध्ये एक पुरुषको शव चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको गणपति डिलक्सका यात्रु पुष्टि भएको छ। शव सर्लाही बरहथवा नगरपालिका ३ बस्ने वर्ष १९ का रमित कुशर माझीको भएको प्रहरीले जानकारी दिएको हो । उनका बुवा रविन्द्र कुशर माझीले छोराको पहिचान गरेका हुन्। उनी…