काठमाण्डु-भारतको सात राज्यमा १३ विधानसभा सिटमा भएको उपर्विाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)लाई धक्का लागेको छ । १० जुलाईमा १३ विधानसभा सिटमा भएको निर्वाचनमा भारत गठबन्धनले १० सिट जितेको छ भने भाजपा नेतृत्वको एनडीएले मात्र दुई सिट जितेको छ । एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । भारतीय गठबन्धनमा कांग्रेसले चार…