काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी वित्तीय प्रणालीले गरिबी, जलवायु परिवर्तन र असमानता जस्ता समकालीन मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभा अन्तर्गत अमेरिकाको न्युवर्कमा आयोजित समिट अफ द फ्युचरको अन्तरक्रियात्मक सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९, बढ्दो द्वन्द्व र जलवायु परिवर्तनले दिगो विकासका लागि प्रगतिमा गम्भीर असर पारेको बताएका हुन् । ‘दशकौँअघि डिजाइन…