वीरगञ्ज – मालपोत कार्यालय पर्साका ७ जना मालपोत अधिकृत विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका छन् । कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा लिखतबाट उठेको राजस्व रकम नियमाअनुसार दाखिला नगरी हिनामिना गरेको दाबीसहित अख्तियारले २०८० कात्तिक २० गते भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेष अदालतले दोषी ठहर गरेको हो । अदालतले कार्यालयका तत्कालीन मालपोत अधिकृतहरू हरिणारायण मिश्र, भूपबहादुर…