भरूवा बन्दुकसहित २ जना पक्राउ

काठमाण्डु – प्रहरीले मोरङ र अछामबाट भरूवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ । मोरङको सुनवर्षी नगरपालिका–७ बरडंगा बस्ने ओमप्रकाश यादवलाई १ थान भरूवा बन्दुकसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा बन्दुक फेला पारी पक्राउ गरेको छ । अछामको साँफेबगर नगरपालिका–७ रिडिकोट बस्ने…