काठमाण्डु – रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीलले जानकारी दिए । उनले भने, ‘मुद्दाका प्रतिवादी रहेका जोशी…