गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु

कपिलवस्तु – शिवराज नगरपालिका–३ सुपा देउराली मोडस्थित सडकमा गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । प्रदेश २–०३–००१ च ५७८४ नम्बरको बोलेरो गाडी आफैं अनियन्त्रित भई आज शुक्रबार बिहान दुर्घटना हुँदा गाडीका सहचालक पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने १५ वर्षीय शेख आषिफको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा…