काठमाण्डु-अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्मा नेपाल आइपुगेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्च स्तरीय भ्रमण हो । व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री बर्माले नेपाल बसाइका क्रममा सरकारी अधिकारीहरू र व्यवसायीहरूसँग भेट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । एक दिने बसाइका क्रममा उपविदेशमन्त्री बर्माले नेपाली चियाविज्ञहरूसँग पनि…