तराईमा हुस्सु, कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाण्डु-आज देशका कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहानैदेखि तराई मधेशका क्षेत्रमा हुस्सु लागेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही…