काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेकोमा शुभकामना व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नुभएकोमा महामहिम श्री डोनाल्ड जे. ट्रम्पलाई हार्दिक बधाई…