बङ्गलादेशविरुद्ध एक खेल अगावै अफगानिस्तानले जित्यो एकदिवसीय शृङ्खला

काठमाण्डु – बङ्गलादेशविरुद्ध एकदिवसीय शृङ्खला अफगानिस्तानले जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । यसअघि भएको पहिलो खेल पनि अफगानिस्तानले पाँच विकेटले जितेको थियो । गएराति भएको शृङ्खलाको दोश्रो खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ८१ रनले हरायो । अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको बङ्गलादेश २८ ओभर तीन बलमा १०९ रनमा अलआउट…