काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सरकार र जेनजी प्रतिनिधिसँग सामूहिक छलफल गर्दै छन्। राष्ट्रपति पौडेलले शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिहरूसँग सामूहिक छलफल गर्न लागेका हुन् । छलफलमा सुदन गुरुङलगायत जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रधानमन्त्री सुशीला कार्कीले जेनजीकै प्रतिनिधित्व गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयार भइरहेका बेला बैठक बस्न लागेको हो…