काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सूचना जारी गरेको छ । बिहीबार सूचना जारी गरेर प्राधिकरणले आगामी आईतबारसम्म ४ दिन भारी एवं अतिभारी मनसुनी वर्षा हुने पूर्वानुमान सार्वजनिक गर्दै उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन भनेको छ…