रास्वपामा तमासा : महामन्त्रीमा महाभारत, सचेतक हटाउन सुरसार

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी प्रवक्तासमेत रहेका महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाए पनि धेरैले आकांक्षा देखाएपछि नयाँ महामन्त्री तोक्न सकेको छैन । ११ भदौमा बसेको केन्द्रीय सदस्यले अनुशासनहिन काम गरेको भन्दै महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाए पनि हाकांक्षी धेरै भएकाले नयाँ महामन्त्री तोक्न नसकेको नेताहरू बताउँछन् ।…