आठ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक - आठ वर्षपछि सर्वसाधारणका लागि तातोपानी नाका शुक्रबारदेखि खुला गरिएको छ । भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भाेटेकाेशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाका खुला गरिएको हो । नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच…