काठमाण्डु-भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले आज उच्च्स्तरीय भेटवार्ता गर्दैछिन् । परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । यस्तै मन्त्री राणाले आजै भारतीय समकक्षी डा. एस जयशंकरसँग पनि भेटवार्ता गर्दैछिन् , मन्त्री राणा भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा हिजो नयाँदिल्ली पुगेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।…