हिमालयन रिइन्स्योरेन्सले पायाे ‘ए रेटिङ’

काठमाण्डु– इक्रा नेपालले हिमालयन रिइन्स्योरेन्स कम्पनीको रेटिङ स्तरोन्नति गरिदिएको छ । यसअघि ए माइनस रेटिङ पाएको हिमालयन रिले अब ए रेटिङ पाएको छ । कम्पनीको वित्तीय दायित्व तथा समयमै सेवा प्रवाहमा स्तरियता रहेको भन्दै इक्राले रेटिङमा स्तरोन्नति गरिएको जनाएको छ । निजी क्षेत्रको बहुस्वामित्वमा रहेको यो पुनर्बीमा कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरेको छ…