काठमाण्डु– नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएकाे छ। रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो। नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरे । उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको…