विचौलियाले बनाइदिएको सरकारले बहुमतको घमण्ड देखाए दुर्भाग्य : प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान नेपाली कांग्रेस–नेकपा एमालेको गठबन्धन सरकार विचौलियाले बनाइदिएको आरोप लगाउँदै बहुतमको घमण्ड देखाए दुर्भाग्य हुने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गलत बाटोमा हिँडेको आरोप पनि उनले लगाए । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले राज्यको अर्बौँ सम्पत्ति छुट दिन गरेको…