काठमाण्डु – प्रशासनको अल्टिमेटमपछि विष्णुमति किनारास्थित बालाजु र माछापोखरी तथा अनामनगरको धोबीखोला क्षेत्रका सुकुम्बासीले धमाधम सामान सार्न थालेका छन् ।उनीहरु आफैं टहरो भत्काउँदै सामान सार्न व्यस्त देखिन्छन् ।जिल्ला प्रशासन कार्यालय काठमाण्डुले नदी किनारमा रहेका अनधिकृत तथा जोखिमपूर्ण बस्तीहरू हटाउने कार्यलाई निरन्तरता दिइने जनाएको छ । प्रशासनले बिहीबार (आज) साँझसम्म त्यस्ता बस्ती खाली गर्न निर्देशन जारी…