तनहुँ बस दुर्घटना : मृतक २१ जनाको शव भारतीय दूतावासलाई हस्तान्तरण

तनहुँ – आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा मृत्यु भएका २१ जनाको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ । दुर्घटनामा ११ महिला, ९ पुरुष र १ बालिकासहित २१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायका अनुसार बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए…