काठमाण्डु-भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको छ । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री राणाले हिजो नयाँदिल्ली पुगेकी हुन् । राणाले आजै साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछिन् ।…