काठमाण्डु- दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ । आज दिउँसो पौने ३ बजे गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिमपहिरो गएको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली गएको सशस्त्र प्रहरी बलका सहायक…