नेपालीको इतिहास गर्व गर्न योग्य छ : प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका छन् । इञ्जिनियर दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको इतिहास प्रशंसायोग्य भएको उल्लेख गर्दै अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताए । देशलाई बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले वर्तमान सरकार…