हेटौंडा – देशको ऊर्जा सुरक्षा र राष्ट्रिय गौरवसँग जोडिएको हेटौंडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण लाइन निर्माणले हेटौंडा खण्डमा तीव्रता पाएको छ । लामो समयदेखि विभिन्न अवरोधका कारण रोकिएको आयोजना नेपाल विद्युत् प्राधिकरणको विशेष पहल, स्थानीय तहको समन्वय र प्रभावित समुदायसँगको समझदारीपछि सुचारु भएको हो । प्राधिकरणले ऊर्जा आत्मनिर्भरताका लागि आयोजनालाई प्रगति सम्झौताहीन प्राथमिकतामा राखेपछि १० दिनदेखि…