काठमाण्डु– कांग्रेस पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको दल नेताबाट हटाइएको घटनाले आफू स्तब्ध भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत खड्काले पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्ने समयमा सिटौलामाथि गरिएको व्यवहारले शुभ संकेत नगरेको बताएका हुन् । कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले बुधबार राष्ट्रिय सभाका दल नेता सिटौलालाई बर्खास्त गरी कमला पन्तलाई दल…