काठमाण्डु – परराष्ट्र सचिव सेवा लम्साल घुमेको घुम्यै छिन् । चीनबाट फर्केको एक सातामै फेरि उनको ओमान जाने कार्यक्रम तय भएको छ । लम्साल साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…