काठमाण्डु – सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउन सक्रियता देखाएका छन् । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका सभामुख घिमिरेले दिउँसो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेसँग कुराकानी गरेका छन् । मंगलबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ…