पूर्व भीआईपीले विदेशमा उपचार गर्दा राज्यकोषबाट पाउने खर्च सर्वाेच्चद्वारा खारेज

काठमाण्डु – सर्वोच्च अदालतले पूर्व विशिष्ट व्यक्ति (भीआईपी) हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट खर्च पाउने प्रावधान खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र प्रचलित ऐनसँग बाझिएको भन्दै ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७३’ को दफा १२(१) लाई खारेज गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार…