कलश यात्रामा भएको झडप नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर

काठमाण्डु – महोत्तरीको सम्सीस्थित झण्डा मेलामा कलश यात्राका क्रममा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाई फायर गरेको छ । झडपलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरी स्रोतले जनाएको छ । झडप हुँदा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन् । अवस्था बिग्रिन नदिन घटनास्थलमा जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी खटाइएको जनाइएको छ…