काठमाण्डु- मुगुको छायाँनाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा भएको चारजनाको सामुहिक हत्यामा संलग्न अपराधीलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न संयन्त्रबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै जिल्ला समन्वय समिति मुगुले सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका बीच अनुसन्धानमा खटिएको प्रहरी टोली र प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापालगायत…