नेपाली सेना र नेतृत्वविरुद्ध भ्रम फैलाउनेहरू कानूनको दायरामा रहने सेनाको चेतावनी

काठमाण्डु – नेपाली सेनाले विगत केही समयदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सेना तथा यसको नेतृत्वलाई लक्षित गरी प्रसारण भइरहेका तथ्यहीन र भ्रामक सूचनाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जङ्गी अड्डाले शुक्रबार अपिल जारी गर्दै यस्ता कपोकल्पित सामग्रीहरूले आमनागरिकमा भ्रम सिर्जना गर्ने भन्दै त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत गराएको हो । सेनाले…