काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आज बुधबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही देशका बाँकी स्थानमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।…