कैलालीमा चट्याङ लागेर २ को मृत्यु, ३ विद्यार्थी गम्भीर घाइते

कैलाली – कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान चट्याङ लागेर जोशीपुर गाउँपालिका–३ भित्रियाका ३१ वर्षीय जयराम डगौँरा र धनगढी उपमहानगरपालिका–१८ एफ गाउँका ४७ वर्षीय सालिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । विद्यालय जाँदै गर्दा चट्याङ लागेर घोडाघोडी नगरपालिका–९ बुदेनीका ३ विद्यार्थी बालिकाहरू गम्भीर घाइते भएका छन्।…