काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्तीमा परेका छन् । सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रदेश महामन्त्री बाहुनलाई जिम्मेवारीबाट हटाएका हुन् । ‘पछिल्लो समयमा संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गर्नुभएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएकाले राष्ट्रिय स्वतन्त्र…