ललितपुरको झम्सिखेलमा गोली चल्यो, एक जना घाइते

काठमाण्डु- ललितपुरको झम्सिखेलमा प्रहरीले गोली चलाएको छ । मंगलवार प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको हो। पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि लागुऔषध कारोबारीलाई गोली प्रहार गरिएको जनाइएको छ । प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार गोली लागेर उदयपुरका अविनास राई घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएका राईलाई उपचारका लागि अस्पताल लगिएको छ…