भूकम्पले ध्वस्त पारेको बस्तीमा लौरो टेकेर पुगेका राष्ट्रपति!

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटका भूकम्प प्रभावित बस्तीहरुको अनुगमन गरेका छन्। मंगलबार जाजरकोट सदरमुकाम पुगेका राष्ट्रपति पौडेलले अस्पताल पुगेर घाइतेहरुलाई समेत भेटेका हुन्। घाइतेहरुलाई भेटेपछि राष्ट्रपति पौडेल सदरमुकाम नजिकै भूकम्प प्रभावित बस्तीमा पुगेका थिए। भूकम्पले भत्काएका भग्नावशेषहरु छिचोल्न राष्ट्रपति पौडेलले लौरोको सहारा लिएका थिए। जाजरकोटका भूकम्पपीडितलाई भेटेर पौडेल रुकुमपश्चिम पुगे । त्यहाँ पनि भूकम्पले भत्काएका…