काठमाण्डु - सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि कुटपिट भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । डायलाइसिस गर्न आएका बिरामी कुरुवाले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका हुन् । चिकित्सकको अवस्था भने सामान्य रहेको छ । कुटपिटमा संलग्न…