काठमाण्डु - नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आसन्न प्रतिनिधि सभा चुनाव नलड्ने घोषणा गरेका छन् । केसीले अघिल्लो चुनावमै अन्तिमपटक भनेर भोट मागेकाले अब चुनाव नलड्ने बताएका हुन् । केसी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका थिए । २०३८ सालदेखि उनी नुवाकोटबाट निरन्तर चुनाव लड्दै आएका हुन् । उनी २०४३ मा चुनाव हारेपछि सोही निर्वाचनमा…