काठमाण्डु - मधेश प्रदेशसभामा रिक्त सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आइतबार सभामुखको निर्वाचन हुनेछ । त्यसका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । दर्ता भएका उम्मेदवारहरूको नामावली शनिबार दिउँसो साढे ३ बजे प्रकाशित गरिनेछ।…