कास्की - कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो औधी मन पर्छ। उनी सँधै कोदोमकै पिस्न घट्ट नै पुग्छिन्। आजकल पानीघट्टमा पिस्ने चलन हराउँदै गएपछि भने उनलाई पीर पर्न थालेको छ। खोलामा पानी नपुग्ने, भएको घट्टको संरक्षण नहुँदा एउटा दुईटा पानीघट्ट पनि लोप होला भन्ने चिन्ता छ। उनीमात्रै होइन सिदिङ गाउँका अधिकांश…